नेपालमा बालबालिकाको मृत्युको दोस्रो प्रमुख कारण झाडापखाल हो । तर समयमा नै ध्यान दियौँ भने पखालाबाट हुने अधिकांश मृत्युलाई व्यवस्थापन गरी रोक्न सकिन्छ ।
पखालाको जोखिममा बढी कस्ता बच्चाहरु पर्दछन् ?
- स्तनपान नगराई बोतलको दुध खुवाइएका
- कुपोषित
- फोहोर खाना र पानी खाने
- व्यक्तिगत सरसफाईमा ध्यान गदिने
- खोप नपाएका
लक्षणहरु
- पेट दुख्ने
- बान्ता हुने
- असाध्यै तिर्खा लाग्ने
- पातलो दिसा हुने
कस्ता चिन्ह वा लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारका लागि लैजाने ?
- खान पिउन नसक्ने वा झन बिरामी भएमा
- दिसामा रगत देखा परेमा
- तारन्तार बान्ता भइरहेमा
- बच्चा ज्यादै तिर्खाएमा
- ज्वरो आएमा
- धेरै पटक पातलो दिसा गरेमा
पखाला लाग्नबाट बच्ने उपाय
- चर्पीमा मात्र दिसा पिसाव गर्ने
- बच्चाको दिसा चर्पिमा नै विसर्जन गर्ने
- दिसा पिसाव गरिसकेपछि वा बच्चाको दिसा धोएपछि साबुनपानीले मिचिमिची हात धुने
- पानी उमालेर, फिल्टर गरेर वा पियुस तथा क्लोरिन झोल निर्देशानुसार मिलाएर मात्रै पिउने
- बासी, काँचो, सडेगलेको, झिंगा भन्केको खानेकुरा नखाने
- खानेपानीको मुहान सफा र सुरक्षित राख्ने
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
