जनस्वास्थ्य सरकोर, चितवन । पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले चितवनमा ६ र ७ गते र्याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ ।

कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल र्याली हुनेछ । यसैगरी दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर ¥याली हुने भएको छ । उक्त र्यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ । र्याली गैँडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको सो सङ्घका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ ।
सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
