जनस्वास्थ्य सरोकार । विश्वमा कोरोना भाइरसको संक्रमणको जोखिम अझै एक वर्षसम्म रहन सक्ने निष्कर्ष विश्व स्वास्थ्य संगठनको छ ।

अझै पनि कम आय भएका गरिब मुलुकहरुमा कोभिड-१९ विरुद्ध बनेका खोपहरु आवश्यक मात्रामा उपलब्ध हुन नसकेकाले संक्रमणको जोखिम अझै कायमै रहने निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको हो ।
विश्व स्वास्थ्य संगठनका वरिष्ठ नेता डा. ब्रुस आलवार्डले सन्-२०२२ सम्म कोभिडको संकट सहजै लम्बिने बताउनु भएको छ ।
अफ्रिकाको ५ प्रतिशत जनसंख्याले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । विश्वका अन्य मुलुकले भने झण्डै ४० प्रतिशत जनसंख्यामा खोप लगाइएको अवस्था छ । खोपको असमान पहुँचका कारण पनि संक्रमणको जोखिम बढाएको डब्लु.एच.ओको भनाई छ ।
बेलायतले खोपको आवश्यकता रहेका देशहरुलाई १ करोड खोप उपलब्ध गराएको छ । आवश्यकताको आधारमा हेर्ने हो भने तत्काल १ अर्व खोप आवश्यक रहेको छ ।
विकसित मुलुकमा खोप नलगाएका कारण संक्रमणको जोखिम बढेको छ भने कम आय भएका मुलुकमा खोप नै नगुगेका कारण जोखिम कायम छ ।
रुसमा संक्रमण र मृत्युदर बढेकाले अक्टबर ३० देखि एक साता विदा दिने घोषणा गरिएको छ । बेलायत, आयरल्याण्ड लगायतका मुलुकमा कोभिड नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
