
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कुल जनसंख्याको २८ दशमलव २ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
यस्तै ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
१ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ। त्यसैगरी १५ वर्षमाथिका ३९ दशमलव ४ प्रतिशतले पहिलो मात्रा र २९ दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका तथ्यांक छ ।
सरकारले असोजभित्रै कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले पुग्न नसकेको जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
