जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
यहि कात्तिक ७ र ८ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नियमित खोप तालिकाअनुसार कात्तिक २ र ३ गते खुवाउनुपर्ने भिटामिन ‘ए’ दशैँ बिदाका कारण पाँच दिन सारिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले यस पटक २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि ९अबलेन्डाजोल० खुवाउने कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले एक वर्षमाथिका बच्चालाई जुकाको औषधि र छ महिना भइसकेका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने बताउनुभयो । भिटामिन ‘ए’ खुवाउँदा मास्क अनिवार्य गर्नुपर्ने, दुई मिटरको दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाउनुपर्ने, खुवाउने केन्द्रमा हात धुने व्यवस्था गर्नुपर्ने जानकारी पनि दिनुभयो ।
यो कार्यक्रमका लागि देशभरबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् । यस्तै भिटामिन ‘ए’ खुवाउने केन्द्र ५२ हजार कायम गरिएका छन् । चार हजार स्वास्थ्यकर्मीले त्यसको अवलोकन गर्नेछन् । भिटामिन ‘ए’ खुवाउने कार्यक्रम व्यवस्थापनमा पनि पाँच हजार जनशक्ति खटिनेछन् ।
सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
