जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा सञ्चालनमा सफल हुदै गएको छ । आज बिहीबार भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।

एक अर्ब डोज खोप पूरा भएको अवसरमा बिहीबार भारतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवीयले दिल्लीस्थित लालकिलामा कैलाश खेरले गाएको गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
भारतले एकैदिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाइएको थियो । गत सेप्टेम्बर १८ मा भारतमा एकैदिन साढे २ करोडभन्दा बढी डोज कोरोना खोप लगाइएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो । चीनमा भने गत जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो ।
कोरोनाविरुद्धको खोप अभियानका बारेमा जानकारी समेटिएको वेबसाइट को–विन डट जीओभी डट आईएनका अनुसार भारतमा ७५ प्रतिशत वयस्क नागरिकले पहिलो मात्रा लगाएको र करिब ३१ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
