जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर १० हजार ५३० जना होम आइसोलेसनमा, ७८५ जना संस्थागत आइसोलेसनमा, २८८ जना आईसीयू तथा ९८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
