जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीहरुको ज्यान गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस आधनाम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीहरुको तथ्यांक हेर्दा ती देशका करिब पाँच स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेका बताएका छन् ।
त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरु पहिलो पंक्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताएका हुन् । अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्वक स्वास्थ्य सगठनले पनि आलोचना गर्ने गरेको छ ।-सिन्ह्वा
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
