जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणदर घट्दै गइरहेको छ । चिकित्सकहरुले कोरोनाविरुद्धको खोपकै कारण पनि संक्रमणदर घट्दै गईरहेको बताइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ मध्ये खोपको पहिलो मात्रा २८ दशमलव ३ प्रतिशत र २१ दशमलव ७ प्रतिशतले खोपको पुर्ण मात्रामा खोप लगाएका छन् ।
त्यस्तै, १८ वर्ष वा सो भन्दा माथिका लक्षित जनसंख्यामध्ये १ करोड ९९ लाख २२ हजार १६४ जनाले खोप लगाएका छन् , तीमध्ये ४३ दशमलव २ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ३३ दशमलव १ प्रतिशतले खोपको पुर्णमात्रा लगाएका छन् ।
मन्त्रालयको अनुसार १५ वा सो भन्दा माथिका उमेर समुहकाले हालसम्म ३९ दशमलव ६ प्रतिशतले खोपको पहिलो मात्रा र ३० दशमलव ३ प्रतिशतले खोपको पुर्णमात्रा लगाएका छन् ।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल १ करोड ५२ लाख ३ हजार ५८३ जनाले खोप लगाएका छन् । कम्तीमा खोपको पहिलो मात्रा ८६ लाख ५ हजार ५५ जनाले लगाएका छन् । त्यस्तै, खोपको पहिलो मात्रा ६५ लाख ९८ हजार ५३० जनाले लगाएको मन्त्रालयले जनाएका छन् । नेपालले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानी एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप खरिद गरेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
