जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं जिल्लामा आज (मंगलबार) देखी कोभिड– १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदैछ ।
काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउँन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौ।का अनुसार काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ ।
बाँकी स्थानीय तहमा भने तीनदिनसम्म खोप लगाउन पाइनेछ।
काठमाडौं महानगरको हकमा १० कात्तिकमा सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालयले खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन आह्वान गरेको छ ।


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
