
सामान्यतया मस्तिष्कघात भन्नाले मस्तिष्कमा आघात पुग्नुलाई नै हो । मस्तिष्कघात प्रायःजसो एक्कासि हुन्छ । यो दुई किसिमका हुन्छ ।
हेमोरेजिक स्ट्रोक जुन मस्तिष्कको रगतको नली फुटेर ब्रेनमा रगत पुग्दैन, जसले गर्दा मस्तिष्कघात हुन्छ । रगतको नशा कतै ब्लक भएर हुने आघात जले गर्दा रगतको मात्रा पुग्दैन भने त्यो इस्केमिक स्ट्रोक हो ।
किन हुन्छ मस्तिष्कघात ?
पक्षघात हुने कारण थुप्रै हुन्छन । उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना हुन्छ । मुटु रोग हुनाले पनि हुन्छ ,मधुमेह भएमा, धूमपान सेवन गनाले मोटापन हुनाले खानपिन र जीवनशैलीको कारणले पनि मस्तिष्क घात हुने सम्भावना बढी हुन्छ ।
लक्षण
– रिंगटा लाग्नु
– मुख बाङ्गिनु
– हातखुट्टा नचल्नु
– एक्कासि एउटा हात लुलो हुनु
– बोली लरबराउनु वा स्वरै गुम्नु
– दृष्टिमा अचानक समस्या उब्जिनु
– कुरा बुझ्न अप्ठयारो हुनु
सुझाव
यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल पुर्याउनु पर्छ । यदि ३ घण्टा भित्र अस्पतालमा पुर्याउन सकियो भने अस्पतालले टिपीए नामक औषधि दिन्छ जस्ले गर्दा यो समस्या समाधान हुने सम्भावना बढी हुन्छ । यदि समयमा पुग्न सकिएन रगतको नशा फुटेको छ हेमोरेजिक स्ट्रोक छ भने त्यो औषधि चलाउन पाइँदैन यस्तो अवस्थामा एमआरआइ, सिटीस्क्यान गर्दै नशा फुटेको देखियो भने अप्रेशन गरेर रगत झिक्नु पर्छ र औषधिहरु मिलाउनु पर्छ ।
मतिष्कघात भएका मानिसले पहिलेकै अवस्थामा आउन कति समय लाग्छ ?
विशेषगरी मस्तिष्क घातमा हातखुट्टा चलेन मुख बाङ्गियो,बोली आएन जुन उमेर बढदै गएपछि नशा परिपक्क हुन्छ । नयाँ नशा आउँदैन र नशाको काम मोडिफाइ हुन्छ । तर मस्तिष्कघात भएको मानिस पहिलाको अवस्थामा आउन भने सक्दैन । केहि मात्रामा सुधार चाहि हुन्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
