
जनस्वास्थ्य सरोकार, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।
तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिनुभयो ।
उहाँका अनुसार निःशुल्क आँखा शिविरका साथै त्यहाँ आयोजना गरिएको कान शिविरबाट २०० को समेत उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले उक्त आँखा र कानको जाँच गरेका थिए । यसैबीच निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया विन्द भएकालाई निःशुल्क शल्यक्रियासमेत गरिने आयोजनक संस्थाले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
