जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा विशिष्ट श्रेणीको अत्याधुनिक ‘स्टार जिआई सेन्टर’ सञ्चालनमा आएको छ । नेपाली संस्कृतिअनुसार पूजा आराधना गरेर हस्पिटलका अध्यक्ष किशोर महर्जनले सेन्टरको उद्घाटन गर्नुभएको हो ।

हस्पिटलको पाचाँै तलामा १० हजार स्कायर फिटमा सञ्चालनमा ल्याइएको सेन्टरको वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरेलोजिष्ट डा. दिपेशलाल गुर्वाचार्यले नेतृत्व लिनुभएको छ । सहुलियत दरमा सेवा उपलब्ध गराइने अस्पतालका अध्यक्ष किशोर महर्जनले जानकारी गराउनुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन डा.शैल रुपाखेति भन्नुहुन्छ—‘स्टारमा ठूलो ग्याँस्ट्रोसेन्टर बनाउने प्रा.डा. आईएल आचार्यको पहिल्यैदेखिको कल्पना थियो । उहाँको कोभिडका कारण केही समयअघि निधन भयो । उहाँको सपना साकार पार्दै स्टारमा नेपालको ठूलो ग्याँस्ट्रो सेन्टर जहाँ सबै सुविधा एकै ठाउँबाट उपलब्ध हुने गरी सेवा सञ्चालनमा ल्याएका छौं ।’

मुलुकका ख्यातिप्राप्त ग्याँष्ट्रोइन्टेरोलोजिष्ट र ग्याँष्ट्रोइन्टेरोलोजी सर्जनहरुको सहकार्यमा सो सेन्टर शुरु भएको हो । जसमा वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. दिनेश श्रेष्ठ, , सिनियर कन्ल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. रमिला श्रेष्ठ, डा. सृजन प्रधान, डा. अमित जोशी, पेडियाट्रिक ग्याँस्ट्रोइन्टेरोलोजिष्ट डा. सत्यम रिमाल, डा. विनिता गुर्वाचार्य हुनुहुन्छ ।


सर्जरी टिममा वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन, हेड एण्ड प्रिन्सिपल कन्सल्टेन्ट प्रा.डा. सुनिलकुमार शर्मा ढकाल, वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल एण्ड जनरल सर्जन डा. प्रनिल राई, कोलोरेक्टल सर्जन डा. सत्यदिप भट्टचार्य, डा. सुनिल श्रेष्ठलगायतका टिमले सेवा शुरु गर्नुभएको छ ।

सेन्टरमा विश्वमा भर्खर लञ्ज भएका ओलम्पस, पेन्टाक्स कम्पनिका अत्याधुनिक उपकरणहरु जडान गरिएको छ ।


नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


