जनस्वास्थ्य सरोका, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ हजार रुपैयाँमा हुँदै आएको कोभिड–१९ परीक्षण अब १२ सय रुपैयाँमानै हुने भएको छ ।
आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभागले विमानस्थल परिसरमा पीसीआर परीक्षण गर्ने अस्पताललाई शुल्क घटाएर १२ सय रुपैयाँ बनाउन निर्देशन दिएको हो ।
हाल विमानस्थल परिसरभित्र पीसीआरका लागि नमूना संकलन गर्दै आएका स्टार अस्पताल, टीजी मेडिसिन डिष्ट्रिब्यूटर्स प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पीसीआर परीक्षण गर्दै आएका छन् ।
उक्त ८ अस्पतललाई आईतबारदेखि नै शुल्क घटाएर १२ रुपैयाँ लिन पत्र लेखी निर्देशन दिइएको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सो अस्पतालले तोकिएको शुल्कभन्दा बढी शुल्क लिए कारवाही हुनेछ ।
यसअघि, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विमानस्थल सहित अस्पतालको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा वीर अस्पतालमा कोरोना परीक्षण गर्दा १ हजार २० रुपैयाँ मात्र लिने गरेको पाइएको थियो । सरकारी अस्पतालको तुलनमा विमानस्थल परिसरमा चर्को शुल्क लिएको पाएपछि मन्त्रीको निर्देशनपछि विमानस्थल सञ्चालन विभागले शुल्क घटाउन निर्देशन दिएको हो ।
चर्को शुल्क सँगै विमानस्थलमा यात्रुसँग पीसीआर परीक्षणमा समेत सिण्डिकेट लागु गरिएको भन्दै यात्रुले गुनासो गर्ने गरेका छन् ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


