जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रो ठुलो पर्व तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुलाइ लक्षित गरि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमान्डौबाट बाहिरिने मुख्य मुख्य चार नाकाहरुको बसपार्कबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको हो ।
कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई खोप निःशुल्क दिन सुरु गरिएको छ ।
खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


