
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।
अस्पतालका कर्मचारी र विरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प्रवक्ता जबिवुल्लाह मुजाहिदले जानकारी दिएका छन् ।
तालिवानले सत्ता कब्जा गरेपछिको यो सबैभन्दा लज्जास्पद घटना भएको बताइएको छ । घटनामा पाँच जना आक्रमणकारी पनि मारिएका छन् ।
तालिवान गार्डहरुले आक्रमणकारीलाई अस्पतालमा प्रवेश गर्नबाट रोकेकाले अस्पतालभित्र हताहतीको घटना नभएको बताइएको छ । आइएसले ४ सय शैयाको सो अस्पतालका मेडिकल कर्मचारी र विरामीलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । एजेन्सी
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
