जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो ।
गत साउन १ मा प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत यान्छीले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभएको थियो ।
यसअघि १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको चीनले योसमेत जम्मा ३४ लाख डोज खोप नेपाललाई निःशुल्क दिएको हो ।
कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत चीनसँगै भने ५९ लाख डोज खरिद गरिएको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी दिनुभएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
