जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमै उत्पादन भएको कोभिड १९ विरुद्धको खोप कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ ।

भारत बायोटेक कम्पनीले निर्माण गरेको यो खोप भारतमै उत्पादित पहिलो स्वदेशी खोप हो । डब्लुएचओको अनुमतिपछि गरिब मुलुकहरुमा खोप लगाउने बाटो खुलेको छ ।
डब्लुचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र संगठनको मापदण्डअनुसार रहेको जनाएको छ । यो खोपबाट कुनै जोखिम नरहेको समेत डब्लुएचओले जनाएको छ ।
डब्लुएचओको उक्त समितिले विश्वव्यापी प्रयोगका लागि खोपलाई अनुमति दिनुअघि भारत बायोटेकबाट थप कागजपत्र मगाएको थियो । कोभ्याक्सिनलाई चार सातको अन्तरमा दुई डोज लगाउनुपर्ने भएको छ ।
गत जनवरीमा भारतमा यसलाई आपतकालिन प्रयोगको अनुमति दिइएको थियो भने, नेपालमा समेत यसलाई अनुमति मिलेपनि प्रयोगमा चाहिँ आएको छैन ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


