जनस्वास्थ्य सरोकार । अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ ।
अमेरिकामा कोरोना संक्रमण व्यापक रुपमा बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनु भएको थियो ।
यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरु सहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका थिए ।
लामो समयपछि सीमा नाका खुलेकाले पर्यटकको बाढी लाग्ने भन्दै ट्राभल एजेन्सी र एयर लायन्सहरुले खुसियाली मनाएका छन् ।
पूर्ण खोप लगाएकाहरुलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ । चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चीनिया नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध विस्तार गरिएको हो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
