
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ ।
रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ ।
विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । धेरैजनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ । हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफर देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स-रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनि सक्रिय छन् ।
एक्स-रे ले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ । फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्दछ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2D र 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुकासाथै तिनीहरुमा सहज रक्तसञ्चार भए-नभएको कुरा पत्ता लाग्दछ ।
अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुकाबारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ ।
रेडिएशन थेरापीमार्फत् अबुर्द रोगी (क्यान्सर)का विरामीहरुलाई उपचारात्मक रूपमा प्रयोग पनि गरिन्छ । रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको छ ।
पहिले पहिले डार्करुमको अध्याँरोमा धुलाइने एक्स -रे हरु अब डिजिटल रुपमा सम्प्रेशण हुन थालेका छन्, स्वास्थ्य उपचारमा रेडियोग्राफिको महत्व र भूमिका बढ्दै गएको छ तथापि यससम्बन्धि आवश्यक थप चेतना बढाउनुपर्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
