
जनस्वास्थ्य सरोकार, रोल्पा । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “स्तर वृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा उनीहरू आएका छैनन् । समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा परेका छन् ।” जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’को तहको दरबन्दी स्वीकृत भई तिहार लगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि धकेलिएको जनाइएको छ ।
संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । “सामान्य स्वास्थ्योपार गर्नसमेत जिल्ला बाहिर जानुपर्दा पैसा र समयको नोक्सानी बेहोर्नुपरेको छ”, उहाँले भन्नुभयो । “भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने थिए”, उहाँले भन्नुभयो । निर्माण व्यवसायीले दलीय आबद्ध भएर बस्ने भएकाले यस्ता लापरबाही बढ्ने गरेका जिल्लावासीको गुनासो छ ।
अस्पताल भवन रु ३३ करोडको लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर डाँगीले जानकारी दिनुभयो । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उहाँको भनाइ छ । निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई/चार कामदारबाहेक साइटमा थप मजदुर परिचालन गरेका छैनन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
