
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको जनमुक्ति सेनाद्धारा नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाले तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज सोमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभयो ।
जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगका लागि मित्र राष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभयो । यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवम् प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा खट्ने सेनापति शर्माको भनाइ छ ।
यस्तै यो सहयोगले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो हुने नेपाली सेनाको विश्वास रहेको छ ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


