जनस्वास्थ्य सरोकार, कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर किनमेल, स्वास्थ्य उपचार तथा रोजगारीका लागि भारततर्फ जाने नेपालीहरूको एन्टिजेन परीक्षण सुरु गरिएको छ । भारतीय पक्षले यसै सातादेखि परीक्षण गर्न थालेको हो ।

चाडपर्वका समयमा किनमेलका लागि सीमावर्ती बजार जानेको सङ्ख्या बढेको थियो । यसैलाई मध्यनजर गरी एन्टिजेन परीक्षण सुरु गरिएको हो । रोजगारीका लागि जाने सबैको र किनमेलका लागि जानेमध्ये ज्वरो आएकाहरूको परीक्षण भइरहेको स्थानीयले बताए ।
तिहार अघिदेखि नाकामा भारततर्फ परीक्षण सुरु भएको हो । ब्रह्मदेव र बनबासामा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणपश्चात् एन्टिजेन परीक्षण गरिरहेका हुन ।
सीमावर्ती बजार बनबासा, खटीमा र टनकपुरमा ठूलो सङ्ख्यामा नेपालीहरू किनमेलका लागि जाने गरेका हुन ।भारतबाट घर फर्किने नेपालीहरूलाई नेपालतर्फ गत वर्षदेखि नै एन्टिजेन परीक्षण सुरु गरिएको छ । उनीहरूलाई नाकामै खोप लगाउने व्यवस्थासमेत गरिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
