जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्न समिति गठन गर्नुभएको हो ।

शिक्षक अस्पताल बनाउनका लागि जग्गा व्यवस्थापन गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी छन्। समितिलाई दुई महिनाभित्र जग्गा खोज्न समय दिइएको छ।
अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते संसदमा पेस गरेको बजेटको प्रतिस्थापन विधेयकमा शिक्षकले लामो समयदेखि माग गर्दै आएको शिक्षक अस्पताल खोल्ने विषयमा सरकारले अध्ययन अघि बढाउने उल्लेख छ। विधेयकमा उल्लेख छ,-'शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ।' शिक्षक अस्पताल बनेपछि देशभरका करिब तीन लाख शिक्षक लाभान्वित हुनेछन्।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
