जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा हैजा फैलिएको छ । जसले गर्दा ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका,महाराजगन्ज नगरपालिका, बुद्धभुमी नगरपालिका,विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा हैजा फैलिएको पुष्टि गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला खुल्ला दिशामुक्त भए पनि जनचेतनाको कमीले यो महामारी फैलिएको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले जनाएका छन् । हैजा बाट बच्न सरसफाइ,खुल्ला चौरमा दिशा पिसाब,केही खानु भन्दा अगाडी साबुन पानीले राम्रो सँग हात धोएर मात्र खान र पानी तताएर पिउन नगरप्रमुख शाहले मिडिया मार्फत अनुरोध गरेका छन् ।
हैजा फैलिएको १ महिना ५ दिन भई सक्दा पनि शिवराज अस्पतालमा दैनिक ५ देखि १० बिरामी पुगी रहेको तथ्याङ्क छ । अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदायमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ । यसलाई पूर्ण नियन्त्रण गर्न गाउँ गाउँमा सचेतना कार्यक्रम,र्याली,सडक नाटक तथा स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने स्थानीयको बुझाई छ ।
हैजा नियन्त्रण नभएपछि सरकारले खोपको तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन मार्फत ढाई लाख खोप ल्याउने तयारी गरिएको जनाइएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
