जनस्वास्थ्य सरोकार, दमौली । तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त भएका स्थानीय तहमा कोरोना परीक्षण पनि न्यून छ ।
दोस्रो लहरको कोरोना सुरु भएपछि घिरिङका १३४, ऋषिङका ९१, देवघाटका ९०, बन्दीपुरका २६८ र आँबुखैरेनी गाउँपालिकाका १११ सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ छ । व्यास १६, शुक्लागण्डकीमा १४, भानुमा दुई र भिमाद नगरपालिकामा तीन तथा म्याग्दे गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय पाँच हजार ३६६ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये पाँच हजार २०४ जना निको भएका छन् । पीसीआर परीक्षणका लागि छ हजार ८८६ र एन्टिजेन परीक्षणका लागि आठ हजार २५४ नमूना सङ्कलन गरिएको थियो । दोस्रो लहरमा जिल्लाका १२४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
८६ हजारले लगाए खोप
जिल्लामा हालसम्म ८६ हजार २१६ ले खोप लगाएका छन् । तीमध्ये दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार ८३८ रहेको छ । पूरा खोप लगाउनेमध्ये व्यासका १६ हजार ७४६, भानुका नौ हजार ४३६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार ५२५, म्याग्देका चार हजार ६४५, घिरिङका दुई हजार ७८८, ऋषिङका तीन हजार ७२९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७, आँबुखैरेनीका चार हजार २७२ छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
