
जनस्वास्थ्य सरोकार, न्युयोर्क । अमेरिकाका एक बालक विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो । छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो । उनी बाँच्लान भनेर आफ्नै बाबुआमालेसमेत पत्याएका थिएनन् ।
गिनिज वल्र्ड रेकर्डले उनलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरेको छ । सामान्यतया मानिसको गर्भावस्थाको समय ४० साताको हुन्छ । तर, केही शिशु त्योभन्दा छिटो पनि जन्मिन्छन् ।
प्रसवपीडा भएपछि मिन्सकी आमा मिसेल बटलरलाई गत वर्षको ४ जुलाईमा अलाबामाको एउटा अस्पताल भर्ना गरिएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा शिशु जन्माएकी थिइन् । अर्का शिशु सियसाको एक दिनपछि मृत्यु भयो भने मिन्सलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
तीनमहिनापछि मिन्सलाई भेन्टिलेटरबाट निकालिएको थियो । २७५ दिन लामो उपचारपछि यसै वर्षको अप्रिलमा उनी डिस्चार्ज भएका थिए । चिकित्सकहरुले ट्यूबमार्फत मिन्सलाई खान सिकाएका थिए । अहिले पनि उनलाई थप अक्सिजन आवश्यक पर्छ । त्यस्तै, ट्यूबको सहायतामा उनी खानेकुरा खान्छन् । उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरु बताउँछन् । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
