जनस्वास्थ्य सरोकार, रोल्पा । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।
निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरुभएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो । डा बोगटीले भन्नुभयो “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा म खुशी छु । ”
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


