जनस्वास्थ्य सरोकार, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।
यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


