जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले महानगरीय प्रहरी परिसर ललितपुरमा निर्माणधिन स्मार्ट कन्ट्रोल रुमका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको छ । अस्पतलले कन्ट्रोल रुमका लागि आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी लगायतका विभिन्न उपकरण र कुर्शी उपलब्ध गराएको हो ।

उक्त सामाग्री स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडीकल डाईरेक्टर डा. शैल रुपाखेतीले संयुक्त रुपमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
स्टार अस्पतालले सामाजिक क्षेत्रमाकार्यरत सरकारी तथा गैर–सरकारीविभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेकोछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


