
जनस्वास्थ्य सरोकार । अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको सञ्चारमाध्यमहरुमा खबर छ।
कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तिमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो।आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको समाचारमा उल्लेख छ। सो प्रतिबन्ध १२ वर्षभन्दा माथिकालाई लगाइएको हो। अब १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन्। उनीहरूले खाद्यान्न किन्न र खोपका लागि खोप केन्द्रसम्म जान भने पाउने बताइएको छ।
पछिल्लो समय अस्ट्रियामा कोरोना संक्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। यदि कसैले अटेरी गरे १ हजार ६६० अमेरिकी डलरसम्म जरिवाना गरिने अस्ट्रिया सरकारले जनाएको छ। एजेन्सी
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
