जनस्वास्थ्य सरोकार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारीलाई तत्काल काममा फर्किन उच्च अदालत पाटनले आदेश दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावल र रजिस्टार नृपेन्द्र महतलाई कामकाज रोक्न लगाउने निर्णय गर्नुभएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारीले मन्त्री खतिवडाको निर्णयलाई बदर गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न तथा पदाधिकारीलाई कामकाजमा फर्किन अन्तरिम आदेश दिनुभएको हो ।
स्वास्थ्य मन्त्रीको सो निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल सहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


