जनस्वास्थ्य सरोकार, चितवन । आठ औं नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा हुने भएको छ। एक्स्पो आगामी फागुन ६ देखि ८ गतेसम्म चितवनको प्रर्दशनी केन्द्रमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघले एक्स्पो आयोजना गर्न लागेको हो।

औषधिको उत्पादन प्रविधि, संवेदनशिलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउँदै अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले जानकारी दिनुभयो ।
आयोजक कमिटीको सल्लाहकारमा संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, प्रदिपमान वैद्य, प्रदीपजंग पाण्डे, शंकर घिमिरे, उमेशलाल श्रेष्ठ, महेश गोर्खाली, दिपकप्रसाद दाहाल, राधारमण प्रसाद शाह, गजेन्द्रबहादुर भुजु र बालकृष्ण खकुरेल रहेका छन्।
यस्तै प्रमुख कोअर्डिनेटरमा जि नारायणबहादुर क्षेत्री, कोअर्डिनेटरमा महेश प्रधान, आर्थिक समितिमा प्रभाव रुङ्गाटा, स्वागत र समापनमा विप्लव अधिकारी, स्मारिका प्रकाशनमा प्रदिपकुमार श्रेष्ठ, साइन्टिफिक कमिटीमा सुमित चन्द्र श्रेष्ठ र प्रवन दाहाल, यातायतमा सुदिप प्रधान र गणेश पाठक, सञ्चारमा सन्तोष बराल, खानामा पृथिबिराज भण्डारी र सुदर्शन खयागुइली, भेन्यू म्यानेजमेन्टमा राजु पौडेल, मनोरन्जनमा दिपक तिवडेवाल, पब्लिक रिलेसनमा केदारलाल श्रेष्ठ, दिपेश प्रधान र ऋषि भण्डारी रहेका छन्।
संघले हरेक दुई वर्षमा एक्सपो गर्दै आइरहेको छ। यसअघि पनि सातौं एक्स्पो चितवनमा भएको थियो।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
