
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


