जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकी औषधि कम्पनी फाइजरले कोभिड-१९ विरुद्ध विकास गरेको औषधि खाने चक्की ९५ वटा विकासोन्मुख राष्ट्रहरूमा उत्पादन र बिक्रीका लागि अनुमति दिने सम्झौता गरेको छ ।

यो सम्झौताले विश्वका ५३ प्रतिशत जनसंख्यालाई उपाचार गर्न सकिनेछ । फाइजरले संयुक्त राष्ट्र संघले सहयोग गरिरहेका मुलुकलाई नाफा नलिने गरी उत्पादन र बिक्रीको अनुमति दिएको हो ।
तर यो सम्झौताले कोरोनाका कारण गाँजेका विश्वका कयौं देशहरुलाई छुटाएको छ । जसमा विश्वमै प्रभावित मध्येको मुलुक ब्राजिल समेत परेको छ ।
फाइजरले उत्पादन गरेको कोभिड उपचारका लागि प्रयोग हुने खानेचक्की प्याक्सलोभिडले वयस्कहरुमा कोरोनाको जोखिम घटाएको अध्ययनले देखाएको छ ।
हिजो भएको सम्झौतामा फाइजरले स्थानीय औषधि उत्पादकहरूलाई विश्व जनसंख्यामा अधिक पहुँच पुर्याउने लक्ष्यका साथ कोभिडको चक्की उत्पादन गर्न अनुमति दिएको छ । यसै गरी कम आय भएका देशहरूमा बिक्रीबाट प्राप्त हुने रोयल्टी समेत छुट गरिएको छ । एजेन्सी
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
