जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ११ हजार १५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८६३ जनाको पीसीआर र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
सोही अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।
त्यस्तै पछिल्ल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


