जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि काठमाडौं उपत्यकाबाहिर १८ वटा मतदान केन्द्रमा मतदान शुरु भएको छ ।
काउन्सिल निर्वाचनामा उपाध्यक्षका लागि ३ र सदस्यका लागि ३२ जना गरी जम्मा ३५ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागि डा. प्रमोदकुमार यादव, डा.रामपाख्रिन यादव र डा.शिवजी पौडेलले उम्मेदवारी दिएका छन् ।
उपत्यकाबाहिर आज कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ६ ठाउँमा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन समितिका अनुसार, भोलि शनिबार यी ६ मतदान केन्द्रसहित १२ ठाउँमा मतदान हुनेछ । यसरी शनिबार हुने मतदान केन्द्रहरुमा मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पताल रहेका छन् ।
काठमाडौं विश्वविद्यालय धुलिखेल, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुनेछ ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
