
जनस्वास्थ्य सरोकार, काठमाडौँ । १२ वर्ष माथिका दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि लगाइने भएको छ ।
अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो ।
झण्डै ४५ हजारलाई पहिलो मात्रा लगाउन पुग्ने खोप हिजो सम्ममा ७ हजार ३ सय ६४ जनाले मात्रै लगाएका छन् । ठूलो संख्यामा खोप जगेडा बसेकाले १२ देखि १८ वर्ष उमेर समूहका अन्य बालबालिकालाई पनि खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
खोप लगाउनका लागि यस अघि नै तोकिएका ७ प्रदेशका २४ वटा अस्पतालबाट लगाइने छ । खोप लगाउन जाँदा जन्मदर्ताको प्रमाणपत्र लिएर जानुपर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा ९५ प्रतिशत प्रभावकारी हुने जनाएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
