जनस्वास्थ्य सरोकार, मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट प्रभावित र सो रोगबाट बच्न अन्य नागरिकलाई पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउने काममा आफैँ सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले छिमेकी राष्ट्र भारत तथा चीन र मित्र राष्ट्र अमेरिकाबाट कोभिड सङ्क्रमणविरुद्धका खोप ल्याई सबै नागरिकलाई लगाउने कार्यलाई तीव्रता दिन सरकारले खोप ल्याउन सुरु गरिसकेको र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिइएको उल्लेख गर्नुभयो ।
मन्त्री खतिवडाले सङ्घीय सरकारले आगामी चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्ने क्रममा निर्वाचन आयोगलाई निर्वाचन कार्यतालिका तयारी गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै आवश्यक शान्ति, सुरक्षा र बजेट निकासा दिनेतर्फ प्रयास भइसकेको बताउनुभयो ।
उहाँले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी गराउनुभयो।
मन्त्री खतिवडाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गरेर गुणस्तरीय स्वास्थ्य उपचार सेवा छिटोछरितो सर्वसाधारण नागरिकलाई उपलब्ध गराउन आह्वान गर्नुभयो। उहाँले हेटौँडा अस्पताललाई सरकारका तर्फबाट अत्याधुनिक सुविधा समावेश भएको एउटा एम्बुलेन्स आजै उक्त अस्पतालका रजिष्ट्रार राजेशप्रसाद प्रसाईँलाई हस्तान्तरण गर्नुभयो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
