जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार १६४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३५९ पुगेको छ।
उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२७ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


