
जनस्वास्थ्य सरोकार, हेटौँडा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा उहाँले सबै नेपालीलाई खोपको सहज पहुँचका लागि अब चौबिसै घण्टा खोप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो।
अस्पतालका प्रमुख डा सापकोटाले हस्तान्तरण गरिएको यो एम्बुलेन्समा आइसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामी, वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा हरि खड्का लगायतको सहभागिता थियो। रासस
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


