जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७० जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ। गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ।
उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन्।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


