जनस्वास्थ्य सरोकार, काठमाडौं । मित्रराष्ट्र भारत प्रवेश गर्न क्यूआर कोडसहितको कोरोना खोप प्रमाणपत्र अनिवार्य गरिएको छ । यसका लागि दुवै देशका प्रतिनिधिहरूले नेपाल र भारत आवतजावतमा ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ अर्थात् खोप प्रमाणपत्र आवश्यक हुनेगरि सम्झौता गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेलका अनुसार अब सीमा नाका तथा विमानस्थलमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने छ । यसैगरी भारतबाट नेपाल आउन पनि खोप प्रमाणपत्र हुनुपर्ने व्यवस्था गरिएको छ ।
नेपालको तर्फबाट सचिव पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


