जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्ना खुला गरेको छ।

आज गोरखापत्रमा सूचना सावैजनिक गर्दै सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।
सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले करिब १६०० सिट छुट्याएको छ।
आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका हुन्। सिटिइभिटीले कलेजको नाम आज सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


