जनस्वास्थ्य सरोकार, काठमाडौँ । पेरुमा कोभिड-१९ को जोखिममा पनि सुरक्षा सामग्री बिना नै स्वास्थ्य सेवा दिनु परेको भन्दै सयौं डाक्टर तथा नर्सहरु प्रदर्शनमा उत्रिएका छन् ।
कोरोना भाइरसको संक्रमण र मृत्यु दर उच्च भएका बेला पनि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई मास्क, फेससिल्ड, बुट, लगायतका पिपिई उपलब्ध नगराएको विरोधमा सैन्य अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु नै आन्दोलनमा उत्रिएका हुन् ।
पेरुको राजधानी लिमामा रहेको सैन्य मुख्यालय र रक्षा मन्त्रालय अगाडि स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् । पेरु कोरोनाबाट बढी प्रभावित मुलुक मध्येको एक हो । हालसम्म कोरोनाकै कारण २ लाखभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ सयभन्दा बढी डाक्टर र नर्स रहेका छन् । एजेन्सी
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


