जनस्वास्थ्य सरोकार, काठमाडौं । मधुमेहले अन्धोपनको समस्या बढाइरहेकाले रोग पहिचान हुनासाथ डाक्टरको सल्लाह अनुसार नियमित आँखाको परीक्षण गराउन आग्रह गरिएको छ ।समयमै मधुमेह रोग र यसबाट हुनसक्ने असरहरुका बारेमा सचेत हुनसकेमा सम्भावित खतराबाट जोगिन मद्धत गर्ने तिलगंगा आँखा प्रतिष्ठानद्धारा आज आयोजित मधुमेहले आँखामा पार्ने असर सम्बन्धि सञ्चारकर्मीसँग भएको अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरुले जानकारी दिनुभएको हो ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको मधुमेहले आँखाको पर्दामा पूर्ण रुपमा क्षति पुर्याउने र दोश्रो प्रकारको मधुमेहले करिव २ तिहाई विरामीको आखाँको पर्दा (रेटिना) मा असर गर्ने उल्लेख गर्दै प्रतिष्ठानकी भिट्रो रेटिना स्पेशलिष्ट डा. रवा थापाले समयमा आँखाको जाँच गराउन आग्रह गर्नुभयो । मधुमेही बिरामीमा आँखाको पर्दामा असर गरेपनि लक्षण तत्कालै नदेखिने र आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुने उल्लेख गर्दै उहाँले उपचारको पहुँचमा ढिलो गरेमा दृष्टि फर्काउन गाह्रो हुने बताउनुभयो ।
मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्ने र दृष्टि कमजोर हुने डा. थापाले स्पष्ट पार्नुभयो ।
संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको पाइएको छ । मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउन सन् २०१४ देखि विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको र विगत १५ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ । हरेक वर्ष नोभेम्बर १४ मा विश्व डायवेटिम रेटिनोप्याथी दिवस मनाउने गरिएको छ ।

मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले ? भन्ने २०२१ को मुल भाव अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २८ देखि मङ्गिसर ४ गते सम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाएको छ । यस अन्तर्गत मधुमेहको आँखामा असर सम्बन्धि जनचेतना फैलाउन अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिएको छ । यसका साथै आमसञ्चारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको माध्यमबाट सामाग्रीहरु प्रचार प्रसार गरिएको छ ।

साताभरि प्रतिष्ठान लगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । जसमध्ये ९९ जनाले निःशुल्क परिक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएको प्रतिष्ठानका कार्यक्रम निर्देशक नविन राइले जानकारी गराउनुभयो ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नुपर्ने हुन्छ । मधुमेह लागेका ब्यक्तिमा हृदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मृगौलाले काम नगर्ने जोखिम मधुमेहका विरामीमा १० गुना बढी हुन्छ । संसारभर प्रत्यक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाई रहेका छन् । प्रत्येक दुई मध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन ।

मधुमेह रोग आफैमा जति सम्वेदनशिल छ यो रोगको दुरगामी असर न्यूनिकरणका लागि धेरै पहल गर्न सकिने प्रतिष्ठानले जनाएको छ । खासगरी दोश्रो प्रकारको मेधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परिक्षण, तनाव व्यवस्थापन र औषधोउपचारका माध्यमबाट सजिलै ५०५ भन्दा बढिमा रोकथाम गर्न सकिने डा. थापाले जानकारी गराउनुभएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
