जनस्वास्थ्य सरोकार, जाजरकोट। जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ। रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ।
पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ। झण्डै रु ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ। भवन निर्माण ७० प्रतिशत पूरा भएको छ। कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल छ। प्रदेश सरकारका मताहातमा स्वास्थ्य सेवा कार्यालय भए पनि सङ्घीय बजेटमा सो प्लान्ट खरिद गरिएको जनाइएको छ।
पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताए। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताउनुभयो। रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
