
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २८७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७५ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

