
जनस्वास्थ्य सरोकार, काठमाडौं। काठमाडौं उपत्यकामा आज र भोलि नेपाल मेडिकल काउन्सिलको निर्वाचन हुँदैछ । काठमाडौं उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान भइसकेको छ। शुक्रबार धुलिखेल र काठमाडौं उपत्यकामा मतदान भइरहेको छ ।
निर्वाचन समितिका अनुसार शुक्रबार धुलिखेलको स्कील ल्याब भवनमा मतदान भइरहेको छ भने काठमाडौं उपत्यकाभित्र शुक्रबार र शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा हुने भएको छ।
काउन्सिलको निर्वाचनमा एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा. रामपरिक्षण यादव र डा. प्रमोद कुमार यादवले उम्मेदवारी दिनुभएको छ । यसअघि ३ र ४ गते उपत्यका बाहिर १८ स्थानमा भएको मतदानमा पाँच हजार मत खसेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


