
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ। गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।
सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित छन्। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


